दफा ७१ख
सञ्चय कोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरालेखिएको भए तापनि दफा ६१ को उपदफा (२) बमोजिम सेवाबाट बर्खास्त भएको निजामती कर्मचारीले दफा ३१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम र दफा ४०क. बमोजिमको बीमा बाहेक यस ऐन बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।
(२) दफा ६१ख. को उपदफा (३) बमोजिमको बिबरणबाट कुनै निजामती कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो निजामती कर्मचारीको पति वा पत्नीले दफा ३१ बमोजिमको कर्मचारी
सञ्चय कोषको रकम र दफा ४०क. बमोजिमको वीमा बाहेक यस ऐन बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।